नेकपा विप्लव समुहको बारे समाचार लेखे कारबाही गर्छौः मन्त्री बाँस्कोटा

यस्ता सञ्चारमाध्यम ६ वटा रहेको भनाइ,

1
148
Share
  • 13
  •  
  •  
  •  

काठमाडौँ , १० चैत – सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले नेकपा विप्लव समुहको हिसांलाई प्रोत्साहन गर्ने समाचार प्रकाशन तथा प्रसारण गरे सरकारको घोषित कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएका छन् ।  अर्धभूमिगत अवस्थामा विभिन्न गतिविधि गरिरहेको विप्लप समूहलाई बल पुग्ने गरी समाचार सम्प्रेषण नगर्न सञ्चारमाध्यमहरूलाई अनुरोध गर्दै मन्त्री बाँस्कोटाले यस्तो चेतावनी दिएका हुन् ।
हिंसालाई प्रोत्साहन गर्ने गरी समाचार सम्प्रेषण गर्ने सञ्चारमाध्यमलाई प्रेस स्वतन्त्रतासँग नभई घोषीत कानुनअनुसार कारबाही गर्ने उनले चेतावनी दिए ।
सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालको १८ औं स्थापना दिवसका अवसरमा काठमाडौँमा शनिबार भएको ‘सामुदायिक रेडियोः नीतिगत बहस’ विषयक अन्तरक्रियामा मन्त्री भने, ‘हिंसा गर्नका लागि कसैले साथ सहयोग नगरौँ, हिंसालाई त्यो बाटो गलत हो भनेर सञ्चारमाध्यमबाट अभिप्रेरित गर्नुपर्छ’, उनले भने, ‘सरकारले सङ्गठित हिंसा गर्न प्रतिबन्धित गरेको छ, त्यस्ता हिंसालाई बल पुग्ने गरी समाचार प्रकाशन, प्रसारण गर्ने सञ्चारमाध्यमलाई कारबाही गर्दा प्रेस स्वतन्त्रता हनन् भएको मान्ने कि नमान्ने?’ 
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएपछि केही सञ्चारमाध्यमले विप्लवका गतिविधिलाई बल पुग्ने गरी समाचार दिने गरेको मन्त्री बाँस्कोटाको भनाइ छ। सञ्चार माध्यमको नाम नलिए पनि मन्त्री बाँस्कोटाले त्यस्ता सञ्चारमाध्यम ६ वटा रहेको र सरकारले नजिकबाट नियाली रहेको जानकारी दिए।


Share
  • 13
  •  
  •  
  •  

1 टिप्पणी

एक उत्तर छोड्नुहोस्

Please enter your comment!
Please enter your name here