मेलिना राईको ‘कति बोलाउ निर्मोहीलाई’ सार्वजनिक (भिडियाे सहित बोधी एचडीमा)

0
183
Share
  • 3
  •  
  •  
  •  

काठमाडौं, चैत्र ११- अमेरीकाको रमणीय शहर टेक्ससको युलेस वरपर गायिका मेलिना राईको स्वरमा सजिएको आधुनिक गीत ‘कति बोलाउ निर्मोहीलाई’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

रमेश एमके पौडेलको शब्दर रचना तथा डा किराँतको संगीत रहेको यस गीतलाई पुराना निर्देशक नारायण पुरीले निर्देशन गरेका हुन भने लोकप्रिय नेपाली साङ्गीतिक समूह ‘कर्मा ब्याण्ड’का लिड भोकलिष्ट सुरेन्द्रमान सिंहको छायाँङ्कन रहेको छ । भिडियोलाई बद्री लामिछानेले सम्पादन गरेका हुन् ।

रचनाकार पौडेलले यसअघि सफल चलचित्रहरु रुद्रप्रिया, राज्जा रानी लगायत दर्जनौं चलचित्र निर्माण गरिसकेका छन् ।

‘आधुनिक विधाको यो गीतलाई मेलीना राईको आवाज निकै सुहाएको छ । मलाई आशा छ माया, संयोग र विछोडका प्रसङ्ग समेटिएका शब्दहरुलाई श्रोता, दर्शकहरुले मन पराउनुहुनेछ ।’ रचनाकार पौडेलले भने ।

रचनाकार पौडेलले यसअघि सफल चलचित्रहरु रुद्रप्रिया, राज्जा रानी लगायत दर्जनौं चलचित्र निर्माण गरिसकेका छन् । पौडेल नेपाली रेडियो, टेलिभिजन तथा डिजिटल टेलिभिजन अध्ययन तथा स्थापनामा एउटा स्थापित संचार उद्यमीका रुपमा चिनिन्छन् ।

टेक्सासका तालतलैया देखि विभिन्न रमणीय स्थलहरुमा छायाँङ्कन गरिएको यस गीतमा दर्जनौ म्यूजिक भिडियोमा अभिनय गरेकी सुनिक्षा मैनालीले अभिनय गरेकी छिन ।

डा किराँतको संगीत रहेको गीतसंगै पौडेलको रचना सहितको ५ वटा गीत समावेश रहेको एल्बम ‘सम’ छिट्टै बजारमा आउँदैछ । एल्बममा रामकृष्ण ढकाल, राजेश पायल राई लगायतको स्वर तथा कन्काईष्ट राईको सङ्गीत रहेको छ । गीतकार पौडेलले टेक्ससमा बसेर अनलाईन टिभी, रेडियो तथा म्युजिक भिडियो तथा चलचित्र निर्माण सम्बन्धी काम गदै आएका छन् । राजधानीबाट।


Share
  • 3
  •  
  •  
  •  

एक उत्तर छोड्नुहोस्

Please enter your comment!
Please enter your name here