प्रतिनिधि सभा वैठक भयो रणभूमि; प्रधानमन्त्रीले बोल्न पाएनन्

0
186
Share
  •  
  •  
  •  
  •  

काठमाडौं, ३ आषाढ l प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध गरेपछि वुधबार सम्मको लागि स्थगित भएको छ। संसदमा प्रधानमन्त्रीले सम्वोधन गर्न रोस्टममा उभिएपछि कांग्रेस सांसदहरुले नारावाजी गर्दै बैठक अवरुद्ध गरेका थिए। प्रधान मन्त्री ओलीले युरोप भ्रमणबारे जानकारी दिनुका साथै समसामयिक विषयमा बोल्न समय लिएका थिए । तर, बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु उभिए । अरु बेला यसरी विरोध गरेपछि एक जनालाई बोल्न दिने गरिन्थ्यो ।तर मंगलबार सभामुखले प्रधानमन्त्रीले बोल्न समय मागेको भन्दै समय दिए ।

कांग्रेस सांसदहरुले ढ्यापढ्याप पार्दै प्रतिपक्षको कुरा सुन्न आग्रह गरे ।सभामुखले प्रधानमन्त्री बोलेपछि समय दिने बताए । तर प्रधानमन्त्री रोष्टममा पुग्दा नपुग्दै विपक्षी सांसदहरु हृवेल घेराउ गर्न आए । संसदीय मर्यादा कायम गर्नुपर्ने भन्दै विपक्षी सांसदहरुले नारा बाजी गरेपछि संसद स्थगित भयो । संसदलाई सम्बोधन गर्न भनेर रोष्टममा पुगिसकेका प्रधानमन्त्री अवरोध कायमै रहेपछि मुसुमुसु हास्दै फर्किएका थिए ।संसदको कार्यसूची अनुसार प्रधानमन्त्रीको सम्बोधन शुरूमै तय भएको थियो। 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस :


Share
  •  
  •  
  •  
  •