प्रिन्सी-प्रिज्मा (Twinny) को नयाँ धमाका- ‘अमिलो निबुवा’ बजारमा

काठमाडौँ, आषाढ १३| दिपक सिलवालको शब्द तथा संगीत रहेको नयाँ गीत ‘अमिलो निबुवा’ को म्यूजिक भिडियो रिलिज भएको छ। लामो समय देखि अस्ट्रेलियामै रहेर धेरै हिट म्युजिक भिडियोहरु निर्देशन गरेका चर्चित निर्देशक जीवन रसाईली अब गायनमा पनि जम्ने कोसिसमा छन्। गायक रसाईलीको स्वरमा रहेको उक्त गीतमा कुसल सिंहको एरेन्ज रहेको छ भने गायक रसाईलीलाई गायिका निकिता थापाले गायनमा साथ दिएकी छिन्।

“अमिलो निबुवा”मा टिकटकका सर्वाधिक हिट ट्वीन गर्लस् प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडा, दीपा श्रेष्ठ र दमन्ता श्रेष्ठ र शिशिर भण्डारीको साथ मिलन शंकरको अभिनय रहेको छ जुन टिमको यस अघिको हाम्रो माया जिन्दावादलाई पनि अत्त्यधिक मन पराइएको थियो । हाम्रो माया जिन्दावाद बोलको सफलता पछि सार्वजनिक भएको यस डान्सिङ गीतमा माया पिरतीको भाव समावेश गरिएको छ ।

“अमिलो निबुवा” भिडियोलमा नबराज उप्रेतीको छायाँकन नबिन निरौलाको सम्पादन, गम्भीर बिस्टको कोरियोग्राफी र जीवन रसाईलीको नै निर्देशन रहेको छ । हाल अस्ट्रेलियाको लोकप्रिय नेपाली च्यानल ‘हेल्लो अस्ट्रेलिया टिभी ‘मा आबद्ध गायक जीवन रसाईलीले यस अघि पनि धेरै सामजिक चेतनाका र कमर्सियल गीतहरु गाइसकेका छन् भने उनले नेपली लगायत पन्जाबी, हिन्दी , भियतनामी ,इंग्लिश गीतको म्युजिक भिडियोको निर्देशन गरिसकेका छन्।