मलेसियामा अवैधानिक श्रमिकहरूलाई स्वदेश फिर्ती कार्यक्रम

मलेसिया । मलेसियाको गृहमन्त्रालयले अवैधानिक श्रमिकहरूलाई स्वदेश फिर्ती कार्यक्रम ‘प्रोग्राम ब्याक फर गुड’ घोषणा गरेको छ ।

मलेसियाका गृह मन्त्री  मुह्यिद्दिन यासिनले विहीवार पत्रकार सम्मेलनको आयोजना गर्दे कार्यक्रमको जानकारी गराएका हुन् ।
यो कार्यक्रम आगामी अगष्ट १ देखि डिसेम्बर ३१ तारिखसम्म रहनेछ।

 

कार्यक्रम अध्यागमन विभागले नै सञ्चालन गर्ने भएको छ ।  जसको लागि २ सय जना अध्यागमन अधिकारीहरूलाई ८० वटा काउन्टरमा खटाउने तयारी भएको छ ।

यसमा बिचौलिया वा एजेन्टहरूको संलग्नता रहने छैन । यो कार्यक्रमको समय अवधि समाप्तिपछि नयाँ वर्षसँगै अवैधानिक कामदार र रोजगारदाता दुवैलाई कडा कानुन बनाई अध्यागमनले कारवाही सुरु गर्ने पत्रकार सम्मेलनमा गृहमन्त्री यासिनले बताए ।

स्वदेश फिर्तीको लागि अध्यागमनलाई ७ सय मलेसियन रिङ्गेट कम्पाउण्ड तिरी, राजदूतावासबाट ट्राभल डकुमेन्ट बनाई एक साता भित्र आफ्नो देश फर्कन पाउने द स्टार अनलाइनमा  उल्लेख छ ।

मलेसियन सरकारले ल्याएको यो कार्यक्रमले मलेसियामा रहेका हजारौँ अवैधानिक नेपाली कामदारलाई फाइदा पुग्नेछ।