लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेन मेची भन्सारले

0
58
Share
  •  
  •  
  •  
  •  

झापा। (रासस): पुर्वकाे झापा स्थित मेची भन्सार कार्यालय काँकडभिट्टाबाट आर्थिक बर्ष २०७५÷०७६ मा लक्ष्यको तुलनामा १५ प्रतिशत कम राजस्व सङ्कलन भएको छ ।

भन्सारले उक्त आर्थिक बर्षका लागि रु. ११ अर्ब ८२ करोड ६१ लाख १० हजार राजस्व सङ्कलनको लक्ष्य राखेको थियो । विभिन्न प्रतिकुलताका कारण रु. १० अर्ब ९ करोड ९५ लाख ७३ हजार मात्र राजस्व असुली भएको मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत टेकनारायण अर्यालले बताउनुभयो ।
भारतबाट कोइला र क्लिङ्कर आयात गत चैतबाट ठप्प भएको र बङ्लादेशबाट आउने जुसको आयातमा समेत कमी भएपछि भन्सारले राजस्व सङ्कलनको वार्षिक लक्ष्य भेटाउन नसकेको भन्सार प्रमुख अर्यालको भनाई छ ।

भन्सारले गत आव २०७४÷०७५ को तुलनामा भने राजस्व ३.६९ प्रतिशतले बढी सङ्कलन गरेको जनाएको छ । कार्यालय प्रमुख अर्यालका अनुसार गतबर्षको लक्ष्य ९ अर्ब, २० करोड ९१ लाख ४१ हजार रहेको थियो भने रु. ९ अर्ब ७४ करोड ३ लाख ६१ हजार असुली भएको छ ।


Share
  •  
  •  
  •  
  •