फेरि दोस्रो दिन उनी सँग बोल्न मन लाग्यो : कैलाश भट्ट

0
102
कैलाश भट्ट
Share
  •  
  •  
  •  
  •  

भन्नेले ठिकै भनेका हुन् “कुनैकुनै  मान्छेको मन ढुङ्गाको हुन्छ”। अँ हुन्छ तर, यो भन्न बिर्सेछन् ढुङ्गा कहिल्यै पग्लिदैन तर, मन ढुङ्गे भए नि पग्लिन्छ नि ।
म त्यही ढुङ्गे मनको कुरा गरिरहेको छु,जो ढुङ्गो हो भन्दाभन्दै पग्लिएको थियोे ।
            बुवाले मेरो औंला समाउँदै नर्सरीमा लिएर जानू भयो । म सँग पल्लाघरे दिवस पनि उसका बुवाले सँगै लिएर जानुहुन्थ्यो । बुवाको साइकलको अगाडि मलाई बिसाएर जानुहुन्थ्यो । बुवा सोध्नुहुन्थ्यो “”तँ ठूलो भएर के बन्छस्?” बुवा म ठूलो भएर हजुर जस्तै साइकिल चलाएर अफिस जाने हुन्छु। बुवा हाँस्नुहुन्थ्यो बुवको हाँसो कति मिलेको अगाडिका चार वटा दाँक टलक्क टल्किन्थें बुवा हाँस्दा कति रमाइलो हाँसो त्यो हाँसो टिकिरहोस् मनमनै भन्थें । बुवा रिसाउँदा पनि माया मिसाएर रिसाउनु हुन्थ्यो । पल्लाघरे दिवसका बुवा रक्सी खाएर सधैं काकी सँग झगडा गर्नु हुन्थ्यो । साँच्चै काकी कति सहनसिल है? म दिवसलाई प्रश्न गर्थें ।मेरा बुवा त रक्सी खानुहुन्न घरमा झगडा पनि गर्नु हुन्न । साँच्चै मेरा बुवा कति मायालु हुनुहुन्छ ।
स्कुलका बढी जसो साथीहरू म सँग मिल्छन् । मलाई पनि उनिहरूको साथ एकदम राम्रो लाग्छ । केशब, राजेश,सुनिल, प्रेम मेरा मिल्ने साथीहरू हुन्, राजेश हाम्रो कक्षाको प्रथम विद्यार्थी हो । ऊ बढी फोकस पढाईमा दिन्छ । म तृतीय हुन्छु जहिल्यै मेरो योजना राजेशलाई पछाडि पार्दै आफू प्रथम हुने हो तर चार कक्षा सम्म मैले उसलाई जित्न सकेको छैन चौथोमा पुग्दा म दोस्रो भएँ । मैले सुनिललाई पछाडि पारें केशब चित्र बनाउनमा माहिर छ । राम्रा-राम्रा चित्र बनाएर अर्कालाई आफू तिर आकर्षित बनाउँछ । स्वयं म पनि उसका चित्रको प्रसंसक हुँ । एकदिन केशबलाई मैले आफ्नो चित्र बनाउन भनें उसले भोलि बनाउँछु भन्यो । दोस्रो दिन मेरो कलमले उसले मेरो तस्वीर जस्ताको त्यस्तै बनाइदियो । मेरो नयाँ किनेको कलम पुरै सकिदियो । मेरो चित्र बनेको खुसी भन्दा मेरो कलम सकिएको पीर लाग्यो । यार एउटा चित्रमा तैंले मेरो पुरै कलम सकिदिइस् रिसाउने पारामा भनें ओ….हो..हो सर्प पनि मरोस् लौरी पनि नभाँचियोस् भन्ने चाहन्छस् तँ? केही पाउनलाई केही त गुमाउनै पर्छ नि ! कन्जुस् बाहुन उसले रिसाउँदै भन्यो । त्यसपछि थाहा पाएँ म भित्र नि कन्जुस पन भरिएको रहेछ  । मलाई पनि चित्र बनाउन मन लाग्यो त्यसपछि मैले बुवालाई भनेर सबै किसिमका रङ्गिन पेन्सिलहरू मगाएँ जुन केशब संग थिएनन्, एकाग्र चित्र तिर बढी ध्यान दिन थालें  अब म चित्रहरू जस्ताका त्यस्तै बनाउने भइसकेको थिएँ ।
कक्षा पाँचमा पढ्दाको कुरा एकदिन मेरो मनमा हेडसरको चित्र बनाउने बिचार आयो । म सँग उहाँको एउटा पासवर्ड साइजको फोटो थियो त्यही फोटोलाई हेरेर  उहाँको तस्वीर बनाउने निर्णय गरें र प्रयास गरें । शिरमा ढाका टोपी निधारमा रातो टिको आँखामा पावरवाला चस्मा हल्का मोटो जुँगा कंचटका सेता भएका कपाल जस्ताको त्यस्तै मैले तस्वीर बनाएर कक्षा कोठाको ह्वाइटबोर्डको माथि टाँसिदिएँ हाजिर लगाउन र नेपाली किताब पढाउन हेडसर नै आउनु भयो आउना साथ उहाँले ह्वाइटबोर्ड माथि टाँसिएको आफ्नो तस्वीरलाई नियाल्नु भयो ।सायद सर मनमनै खुसी हुनुभयो । उहाँले नम्र स्वरमा सोध्नुभयो कसले बनाएको ? सुनिलले उठ्दै भन्यो “विजयले सर” उहाँ केही बोल्नु भएन तस्वीर आफ्नो साथमा लिएर अफिस जानुभयो ।हाजिर पनि  नलगाई त्यसपछि केही समय पश्चात् सर कोठामा आउनु भयो र हाजिर लगाउनु भयो ।म पाँच कक्षाको दोस्रो विद्यार्थी थिएँ ।
रोल-१राजेश खड्का= एस सर
रोल-२ विजय पोखरेल = एस सर
रोल-३ सुनिल साउँद =एस सर
हाजिर लगाएर  मलाई बोलाउनु भयो । विजय यता आऊ त बाबु  म डराउँदै सरको नजिक गएँ मलाई कक्षा कोठाको अगाडि उभ्याएर स्याबासी दिनुभयो । म हासेँ त्यसपछि सरले मलाई सबै सर सामू अफिसमा लिएर जानू भयो जहाँ धेरै किसिमका खेलकुदका सामाग्री किताबहरू ग्लोब अन्य धेरै चित्रहरू राखेर सजिएको थियो । म पहिलोपटक अफिस भित्र जाने मौका पाएको थिएँ ।मलाई अफिसका चित्रहरूले  मोहित बनाइरहेको थियो । अति सुन्दर लागिरहेको थियो म सरले मलाई सबै सर सामू स्याबासी दिँदै मैले बनाएको चित्र अफिसमा राखेर चित्रको तल विजयले बनाएको भनेर नाम लेख्ने भन्नू भयो । मेरो खुसीको ठेगान रहेन ।
त्यसपछि मैले आफ्नो बुवाको आमा एकै ठाउँमा  बनाउने निर्णय गरें तीन चार दिनमा मैले चित्र तयार पारेर बुवालाई देखाएँ बुवले टोलभरी मेरो छोराले बनाएको फ्याम्ली चित्र भन्दै देखाउनु भयो ।  मलाई अति खुसी मिल्यो ।
म कसरी लेखौं त्यो बचपन? कुन शब्द छ त्यस्तो ?जुन शब्दले म आफ्नो बचपनको बयान गर्न सकूँ र बुवा आमाको मायाको भाषण दिन सकूँ ? म सँग त्यस्तो कुनै शब्द छैन ।म शब्द बिहिन छु सहरमा नौ कक्षामा पढ्ने सबैले हात हातमा मोबाइल देखाउन थालें मन न हो मेरो मन किन मान्थ्यो र ? मोबाइलमा सर्पको गेम खेलेको देखाउँथे त्यो दिन कति खेर छुट्टि होला र म घर गएर बा सँग मोबाइल चाहियो भनेर कर गरौँला लागेको थियो । पर्खिदाको पल कति ढिलो चल्छ त्यो भोगेपछी मात्रै थाहा हुन्छ ।
जसोतसो गरेर त्यो दिन काटें घर गएर नास्ता पनि नखाई बालाई खोज्न तिर लागें आमालाई सोधेँ  माँ बा खै ? आमाले भन्नुभयो चोकमा जानुभएको छ । म हतार हतार साइकल कुदाएर चोकमा पुगें बा चिया पसलमा बसेर चियाको चुस्की लाउँदै तास खेल्दै हुनुहुन्थ्यो ।  टाढैबाट मैले बोलाएँ “बा….. बाले पछाडि हेर्नू भयो । के भो ? किन आइस् ?  सोध्नुभयो बा म सँग पढ्ने धेरैले मोबाइल किनेर धाक लगाउँदै छन् मलाई नि मोबाइल चाहियो नत्र भोलि म स्कुल जान्न रुञ्चे स्वरमा भनें
धत् हिंड घर भनेर बाले मलाई घर लिएर आउनुभयो ।पहिले  एसएलसी पास गर अनि मात्रै मोबाइल पाउँछस् नत्र किन्दिनँ , बाको कुराले अनुहार रुञ्चे  बनाउँदै म आफ्नो कोठामा गएँ ।
बालाई थाहा थियो मैले चाहेको चिज पाएँ भने हर काम मन लगाएर गर्ने गर्छु नत्र त्यति चाँसो दिन्न भनेर ।
साँझसम्म म आफ्नो कोठामा झोक्राइरहें बा बजार बाट घर आउनु भएछ आमाले ढोका खोल्नुभयो  । विजय खै ? ऊ कोठामा झोक्राइरहेको छ । केही खाएको पनि छैन आमाले नमीठो मुख लगाउँदै भन्नुभयो । बिजय बिजय भनेर बाले मेरो ढोका ढकढक्याउनु भयो ।म केही बोलिनँ ,कति जिद्दी म  है ? बुवाआमासँगको जति जिद्दी अरूसँग गर्न पाएँ त?
हेर त बाबू मैले के ल्याइदिएको छु । बाले पक्कै मोबाइल लिएर आउनु भएको होला लाग्यो ढोका खोलें बाले आँखा चिम्म गर्न लगाउनु भयो ।चिम्म गरें पछाडि बाट मोबाइल निकालेर हातमा राखिदिनु भयो । साँच्चै मेरा बा कति माया गर्ने मान्छे !।
मेरो खुसीको ठेगान थिएन। अब मोबाइल ल्याइदिनु भयो । यो बिग्रिने भयो । बाले सम्झाउँदै भन्नुभयो । “हेर बाबू मैले यो महिनाको तलवले यो मोबाइल किन्देको हुँ मोबाइलको कारण आफ्नो पढाइ नबिगार्नू ल “
.मैले बाको मुहार उस्तै चम्काउन मन लगाएर पढ्ने निधो गरें ।
मोबाइल सँगसँगै पढाईलाई पनि विशेष ध्यान दिन थालें ।  चित्रहरुलाई पनि मैले आत्मसात गरेको थिएँ ।
समय बित्दै गयो एसएलसी नजिक आउन थाल्यो मैले पढाइमा बढी फोकस गरेँ ।त्यही जनता माध्यमिक विद्यालयबाट मैले एसएलसी दिएर प्रथम श्रेणीमा पास भएको थिएँ ।
2070 साल भदौ 3 गते कैलाली बहुमुखी क्याम्पस धनगढीमा म भर्ना भएँ । म संग पढ्न साथीहरुले सबैले कमर्श  विषय लिएका थिए भने मैले चै अङ्ग्रेजी विषय लिएँ ।
मैले 12 पास गर्दा मेरो लागि बुवाले ठूलो ल्याइदिनुभयो । जसमा फेसबुक पनि चल्थ्यो । नेटको समस्या थियो ।महँगो भएपनि चलाउन चैं मजा आउथ्यो । फेसबुक अकाउन्ट बनाएँ । जसमा मैले आफू तयार पारेका चित्रहरूको फोटा खिचेर पोष्ट्याउन थालें । बिस्तारै मेरोमा फ्रेन्ड रेकोइष्ट अत्याधिक मात्रामा आउन थालें आर्ट हरू यता उता शेयर हुन् थाले । धेरैले तारिफ गर्थे ।फेसबुक र चित्र मेरा दुई साथी थिए जो न कहिल्यै छोडेर जान्थे न कहिले एक्लो महसुस गराउथे न कहिले गद्दारी गर्थे । अहो! मेरोमा त चार हजार नौ सय उनान्सय साथीहरू पुगिसकेका रहेछन्, साथी बढी भईसकेपछी फ्रेन्ड रेकोइष्ट पनि त्यति नआउँदा रहेछन्, बेलुका खाना खाएर यसो फेसबुक तिर हेरौं भनेर मैले मोबाइल खोलें फेसबुकको चारै कुना चहारें ।  एउटा चराको आर्ट पोष्ट गर्न मन लाग्यो । त्यो चराको नाम थियो सुगा, सुगा पिंजडामा राखेको आर्ट बनाएको थिएँ जसमा पिंजडा सुनको थियो । पिंजडा सुनको होस्  या हिराको आखिर पिंजडा त होनि । सुगा कसरी खुसी हुनसक्छ पिंजडामा ? उसलाई स्वतन्त्र आकाश चाहिएको छ ।
फेसबुक बन्द गर्दै गर्दा एउटा फ्रेण्ड रेकोइश्टको नोटिस आयो ।  मैले ह्या…. गर्दै छोडिदिएँ । दोस्रो दिन बिहान उठेर नास्ता गर्दै कौसीमा बसेर फेसबुक चलाउँदै गर्दा म्यासेज रेकोइष्ट आएको रहेछ । त्यो रेकोइष्ट हिजो राती सुत्ने बेलामा आएको वाला नै थियो । मैले के रहेछ भनेर खोलें लेखिएको थियो । नमस्ते हजुर म हजुरको कलाको फ्याँन हुँ । हजुरका आर्ट हरू एकदम मन पर्छन् ….मैले म्यासेज रेकोइष्ट एसेप्ट गर्दै धन्यवाद  दिएँ । केही समय पछि पुनः म्यासेज आयो । अन्यथा लिनुहुन्न भने म हजुर सँग फेसबुकमा जोडिन सक्छु ? मैले खाली रहेको एक जनाको ठाउँमा उनीलाई अटाएँ…मैले भने हामी जोडियौं ऊ धेरै खुसी भइ धेरै धेरै धन्यवाद हजुर आज म धेरै खुसी छु हजुर सँग जोडिन पाएकोमा मैले  अहो! म पनि खुसी भएँ हजुरको यो कुराले भनें । दुइवटा पानको पात वाला स्टिकर आयो मैले लाइकको स्टिकर पठाइदिएँ …। फेरि केही समय पछि पुनः म्यासेज आयो । कता देखि तपाईं ? कैलाली देखि अनि हजुर ? भनेर उत्तर सहित प्रश्न गरें । कैलाली कुन ठाउँ ?  म उनको घर कता भन्ने उत्तरको प्रतीक्षामा थिएँ मैले भने हसनपुर ए! तपाईं कता नि ? मैले प्रश्न दोहर्‍याएँ ! म कञ्चनपुर मैले पनि  ए! भनेर टारें खासै बोल्ने मन रहेनछ मलाई ।
म हातमा किताब लिँदै चियाको चुस्की लिँदै कौसीमा बसेको थिएँ, फेरि फेसबुक खोल्न मन लाग्यो । त्यही मान्छेको नमस्ते हजुर के छ खबर ? रिप्लाई दिन मन लागेन म्यासेज हेरेर छोडिदिएँ । त्यो प्रोफाइल एकपटक नियाल्न मन लाग्यो । मैले उनको प्रोफाइल खोलें अर्थात् बिमलाको बायोमा केही लेखिएको थियो । के भने आइ लभ मम! म प्रोफाइल फोटोमा केही थिएन  एउटा कुनै नारीको घोप्टो परेको तस्वीरको साइड तिर आइ मिस यु लेखिएको थियो ।म अगाडि बढें कुनै स्टाटस केही थिएन बस् पटकपटक चेन्ज गरिएका प्रोफाइल र कभर पिक बाहेक म अझै तल पुगें तल पुग्दा मैले बनाएको एक आर्ट  थियो । मेरो साइन आर्टमा थियो । त्यो आर्ट कुकुरको बच्चाको थियो रङ्गिन्, आर्ट बाइ विजय पोखरेल माथि लेखिएको थियो । मैले तल कमेन्ट बक्समा धन्यवाद हजुर लेखें तुरुन्त रिप्लाई आयो स्वागतम् जि भनेर ….त्यसपछि म्यासेजमा गएँ ठिकै छ ! हजुरको के छ नि ? लेखें ठिकै भनौं रिप्लाई आयो ।
केही समय मौन दुवै फेरि म्यासेज आयो । तपाईं मलाई तिमी भन्नू न हजुर तपाई भन्दा कस्तो कस्तो लाग्यो ।
आजसम्म बढीजसो तिमी कसैलाई भनेको छैन तैपनि कोसिस गरौंला । मैले भनेँ केही छैन तिमी नै भन्नू मलाई उत्तर आयो । दिनहुँ कुरा गर्न थालिन् कसैसँग बढी बोल्न नरुचाउने म खै किन? म उनको म्यासेजको प्रतीक्षा गर्न थालें । दुई महिना सम्म लगातार कुरा हुन थाल्यो । एकदिन उनले फोन नम्बर मागिन् नहिच्किच्याइ मैले पनि नम्बर दिएँ दोस्रो दिन बिहान करिब आठ बजे म नास्ता गर्दै थें ।अन्जान नम्बरबाट फोन आयो । उठाएँ हेलो……अलि निन्द्राकै स्वरमा हजुर भनेँ के हो अहिलेसम्म उठ्नुभएको छैन कि क्या हो ? हैन उठिसकें हल्का रुघाके गर्दा स्वर अलि टर्रो भएको मैले भनें ए! आफ्नो ख्याल राख्नु भनेर उत्तर आयो । त्यसपछि सोधेँ को बोल्दै हुनुहुन्छ ? उफ्फ फेरि तपाईं ? ए! बिमला हो ? अँ हो नास्ता भयो ? खाइसकें तिम्रो नि ? खाएँ ! के गर्दै ? बस त्यतिकै आफू नि ? म नि त्यतिकै कस्तो मीठो स्वर….दुवैले एकैपटक भन्यौं फेरि हाँस्यौं ।
अहिले अलि व्यस्त छु पछि फोन गरौंला भनेर मैले फोन काटें  ।
साँझ चार बजे फेरि फोन आयो । उठाउने मुड थिएन तपनी मन नलगाइ नलगाई उठाएँ हेलो के गर्दै हो ? भरखर कलेज बाट आएँ आफू नि ? म पनि  सेम ए! के पढ्छौ ? साइन्स ए! अनि घरमा को-को हुनुहुन्छ  ? मैले सोधेँ दाइ,बुवा,म अनि सानीमा सानीमा ? आश्चर्य मान्दै सोधेँ उम् अनि आमा नि ? आमा त हुनुहुन्न मलाई आमाको अनुहार समेत याद छैन । बुवाले पनि त्यति वास्ता गर्नुहुन्न सानीमा ल्याएपछी मेरो आमा बुवा सबै दाइ नै हुनुहुन्छ ।दाइको हर कुरा म मान्छु दाइले मेरो मन कहिले दुखाउनु भएको छैन दाइले आफू साइन्स पढ्न छोडेर  मलाई साइन्स पढाउन लाग्नु भएको छ ।मेरो खुसीको लागि ! आफ्नो दर्दको कहानी उनले संक्षिप्त्तमा सुनाइन् कता कता दया लागेर आयो अनि कता कता माया झन् धेरै लाग्यो  केही बोल्न सकिनँ । खाली अहो! मात्रै भनें उनले रुञ्चेस्वरमा अनि तिम्रो घरमा को को हुनुहुन्छ नि ? मलाई तिमी भनेको सुन्दा मन खुसी भयो मलाई पनि  तपाईं भन्दा नि तिमी भनिदिए हुन्थ्यो जस्तो लागेको थियो । म अनि बुवा आमा मैले भनें । ए! आमाको माया पाउँछौ है तिमी त उनले भनिन्, कस्तो कस्तो लाग्यो । आफू सँग नभएको चिजको साधारण पनि कत्रो महत्त्व हुन्छ त्योमाथि आमा त झन् अमुल्य भन्दा पनि ईश्वरको रुप त्यस्तै त्यस्तै मनमा कुरा खेलाउँदै केही नबोली फोन काटें ।
०००

फेरि दोस्रो दिन उनी सँग बोल्न मन लाग्यो मैले यतैबाट फोन गरें हाइ हेलो केछ खबर सम्म कुरा भयो ।

कैलाश भट्ट।

उनको प्रोफाइलमा उनको फोटो थिएन । मिल्छ भने आफ्नो एक फोटो पठाऊ न बिम्ली म्यासेन्जरमा मैले हिचकिचाहट को स्वरमा भनेँ हस्  उताबाट उत्तर आयो । त्यसपछि  म फोटोको प्रतीक्षा गर्न थालें । त्यो दिन त्यत्तिकै बित्यो । मोबाइलमा नोटिसको आवाज आउने बित्तिकै मोबाइल खोल्न थालें हरेक पटक निराश भइ फोन राख्थें प्रतीक्षाको समय कति लामो हुन्छ भन्ने त्यो दिन बुझें । फोन गर्ने पनि हिम्मत आएन । राती बाह्र बजेसम्म प्रतीक्षा गरें फोटो आएन त्यत्तिकै सुतें ।

अर्को बिहान उठ्नासाथ दाँत माझ्नुभन्दा पनि अगाडि मैले फेसबुक खोलें । फोटो आइसकेको रहेछ । मैले सोंचेको थिइनँ उनी यति राम्री थिईन् बिश्वास लागेन केही समय उनै हुन्  र यी जो फोनमा बोलेकी थिइन् ? मलाई बिश्वास लागिरहेकै थिएन । मैले भनें हैट आफ्नो फोटा पठाउ न यो कस्को हो ? मेरै होनि भनिन्  म अझै बिश्वास गरिरहेको थिईनँ साँच्चै उनी रियलमा नभेटुन्जेल बिश्वास नलाग्ने खालकी थिईन्, सोचेभन्दा अति सुन्दर अनि कोमल केही भनिनँ राम्री छौ मात्रै भनें हिहि भनेर रिप्लाई आयो ।
केही समयपछि उतैबाट फोन आयो । अब मलाई उनिसँग बोलौं बोलौं लागिरहेको थियो । खुसीसाथ फोन उठाएँ हेलो.!…हजुर ! के गर्दै ? बस् त्यतिकै अनि आफू नि ? म नि त्यत्तिकै  ए! फोन राखिदिएँ ।
फेरि म्यासेज आयो हामी भेट्न सक्छौँ ? मन कता कता बिचलित भयो । मैले सोच्न पनि नसोचेको प्रस्ताव आउँदा  मन मनै भेट्ने धेरै सपना बुन्दै तर, कहाँ भेट्ने ? तिमी भन न उनले भनिन्  ठिक छ म केही छिनमा फोन गर्छु लोकेसन खोजेर भनें । धनगढीमा त्यस्तो कुनै क्याफे थिएन त्यो बेला जहाँ गएर हामी केही छिन बसेर कफी पिउन सकौं महेन्द्रनगर पनि त्यस्तै अत्तरिया देखि महेन्द्रनगरका होटलहरूमा यसरी दारूका बोत्तल सजिएका छन् कि मानौं कुनै औषधि पसल हो जहाँ भेटामिन ए-बि-सि डि का बोतल सजिएका छन् त्यस्तो ठाउँमा भेट्ने कसरी  कहिँ ठाउँ नपाएर अत्तरिया बसपार्क  आउन भने बुधबार तिरको कुरा थियो । शुक्रबार दिउँसो भेट्ने कुरा भयो । बुधबार जसोतसो गरि बित्यो आज यो बिहिवार कसरी काटौं जस्तो लाग्यो ।कति लामो प्रतीक्षाको समय उफ्फ….अचानक दिमागमा उनको त्यो फोटोलाई आर्टमा बदल्ने विचार आयो । त्यसले मेरो समय पनि खान्छ   उनलाई गिफ्ट जस्तो पनि हुन्छ ठानेर आर्ट बनाउन तिर लागें रङ्गिन् आर्ट उनिजस्तै सुन्दर बनाएँ  .भोलि भेट्ने दिन रातभर खुसीको ठेगान रहेन ।
०००
दिउँसो एक बजे भेट्ने कुरा भएको थियोे । म ठिक एक बजे अत्तरिया बसपार्कमा आएर उभिएको थिएँ ।आकाश गड्याङ्गुडुङ गरिरहेको थियो ।पानी पर्ला पर्ला जस्तो लागेको थियो । मैले पर पसलमा गएर दुई पाकेट कुर्कुरे लिएर आएँ,बसपार्क पक्की थिएन पुरै धुलै धुलो थियोे हावा चलेपछी त त्यो धुलो पुरै शरीर सेतो बनाइदिन्थ्यो । मान्छेहरू मजबुरीको कारण केही गर्न सक्दैनथे । उनको स्केच आफ्नो पिठ्युँमा लुकाएर राखेको थिएँ । डेढ बजिसकेछ । उनी आउने अझै केही अत्तोपत्तो थिएन । म पर्खिरहेँ मोबाइल खोल्दै बन्द गर्दै बाटो हेर्दै बसपार्कको कुना तिर एक रुख छ रुखको तल सानो चौतारो जस्तो बस्ने बनाएका छन्, म त्यहाँ गएर बसें केही समय दुई बजिरहेको थियो म उनी अझै आइनन्, उफ्फ अब खै के भएको रहेछ भनेर फोन लगाएँ फोनले भन्यो तपाईंले सम्पर्क गर्न खोज्नुभएको मोबाइलको स्विच अफ गरिएको छ । कृपया केही समय पछि पुनः प्रयास गर्नुहोला । अब आउदिनन् सोचेर म त्यहाँबाट निस्कनै लागेको थें । बसपार्कको अर्को छेउबाट विजय भन्ने आवाज आयो । आवाज सँगसँगै पानीका मुसलधारे लहरा छुटिए आकाशबाट हुन त त्यो पानी आधा घन्टा भन्दा माथी टिक्दैन मैले बर्षौं देखि देख्दै आएको छु । त्यतिबेला पानी पर्नु मेरो भाग्यको कुनै ढोका खोलिनु जस्तो भयो । म दौडेर हातमा  कुरकुरेका पाकेट लिएर उनको सामू गएँ, लगभग एक मिटरको दूरीमा उभिएँ दुवै पानीमा भिजिरहेका थियौं । लामो कपाल, सर्लक्क परेको जिउ,काला आँखा , अलि ठुला पनि थिए, छोटो नाक अलि माथितिर फर्केको, पिपलपाते ओठ पानी ओठमा लगाएको लाली खाइरहेको थियो । गोरो अनुहार म हेरेको  हेर्यै भएँ । विजय…विजय.. कता हराएको ? फेरि पनि म उनितिरै हेरिरहें केही बोलिनँ हेलो…विजय फेरि भनिन्,हँ…भनेर फिस्स हासेँ पानीमा नभिजौं भोलि ज्वोरो आउँछ उनले भनिन्, हाँस्दै मैले भनें ज्वोरो त आइसक्यो तिम्लाई हेरेर शिर निहुराएर उनी पनि हाँसिन्, ऊ…..त्याँ रुख छ त्यहाँ पानी त्यति छैन त्यता जाऊँ हामी भनेर रुख तिर इशारा गर्दै भनें हुन्छ भनिन् उनले मैले एक कुरकुरे पाकेट उनलाई दिएँ हामी त्यो चौतारीमा बसेर एक घन्टा समय कुरकुरेमा हालेर मीठो मानेर खायौं । यस्तो लाग्यो यो समय यस्तै रहिरहोस् समय कति चाँडो बितेको हैट तीन बजिसकेछ अहो! मैले घर जानुपर्छ उनले भनिन् पर्ख न म अर्को कुरकुरे लिएर आउछु मैले झट्ट लिएर आएँ । फेरि एक घण्टा समयलाई त्यो कुरकुरे सँग मिसायौं र मीठो मानेर खायौं  कति मीठो समय जति खाए पनि नअघाउने हिजोको दिनको पनि समय नै थियो ।कति नमीठो प्रतीक्षाको समय है ? अब म जान्छु ल उनले भनिन्, जाने र ? सङ्कोच पुर्वक सोधें उम जानुपर्छ नि मधुरो स्वरमा भनिन् हस् भनें पछाडि साथमा मुटुलाई लिएर जाँदै थिइन् उनी मात्रै गईरहेकी थिइनन् मेरो मुटु पनि खुसी भएर उनीसँग जाँदै थियो ।अलि अगाडि पुगेपछि बिमला भनें फर्किन् हजुर भनेर हाँसिन् तर, त्यो हाँसो सुहाएको थिएन अघिको जस्तो किन? भनिन् केही नाइँ  त्यतिकै भनेर हात हल्लाएँ फेरि अलि अगाडि बढिन् बिमला भनें के भनिन्, यता आऊ न नाइँ ढिला हुन्छ उनले भनिन्, आऊ न के एक मिनेट आग्रह पुर्वक भनें म समक्ष पुगिन्, मैले आफुले बनाएको आर्ट उनको हातमा थमाएँ के हो यो ? मैले घर गएर खोल्नु भनें उनी नखोली त्यहाँबाट गईन् ।
म पनि घर आएँ , काँ गएर आइस् ?आमाले सोध्नुभयो । फिस्स हाँस्दै भनें बुहारी भेट्न आमा अवाक हुनुभो । हाहा तँ लाटोका को आउली र ? भनेर आमा भान्सामा जानूभो साँच्चै हो ? ल्याएर देखाउँछु एकदिन मैले भनें आमा केही बोल्नु भएन बा पनि भिज्दै भिज्दै अफिसबाट आउनु भयो । भिज्या छस् त काँ गएर आइस् ? बुहारी भेट्न गएको रे आमाले जिस्काउँदै भन्नुभयो ।  राकेशकोमा गएको थिएँ बुवा आउँदा आउँदै भिजें नम्र स्वरमा झुट बोलें जा गएर लुगा फेर् बाले भन्नुभयो ।  म आफ्नो कोठामा गएर केवल उनकै कल्पना गर्न थालें आंँखा भरी केवल उनी मात्रै देखा पर्थिन् न निन्द्रा लाग्न थाल्यो न भोक नै खै के भयो मलाई ? सायद त्यो प्रेम हुँदो हो । उनको फोन आयो राती नौ बजे हत्पत उठाएँ अहो! के हो हिरो आज त यति छिटो फोन उठ्यो ? उनले प्रश्न गरिन्, तिम्रै कल्पनामा डुबिराथें न हिच्किच्याइ मैले भनें क्या प्यार होगया क्या? हिन्दिमा उत्तर आयो । खै! भनें र मौन रहें स्केच पो रहेछ धेरै धन्यवाद  विजय बहुत खुसी लाग्यो । उनले भनिन् हस् मात्रै भनें अब कहिले भेट्ने? मैले भनें तिमी भन न केही छिन सोचें अनि भनें अर्को शनिबार हामी दोधारा चाँदनीमा घुम्न जाउला म बाइक लिएर आउँछु । बा शनिबार घरमै बस्नु हुन्थ्यो ।बाइक दिनु न भनेपछी नाइ भन्नुहुन्थेन बरू राम्रो सँग चलाएस् कतै दुर्घटना होला भन्नुहुन्थ्यो । बडो मुस्किलले एक हप्ता काटें आयो शनिबार म महेन्द्रनगरको लागि हिंडें दोधारा जाने बाटोमा उनको प्रतीक्षा गर्न थालें केही समय पछि उनी आइन् र बाइकमा बसिन् हामी गयौं निकै रमाइलो गरेर साँझ आ-आफ्नो घर फर्कियौं । यसरी हामी  मायाको डोरीमा बाँधियौं ।
कुनै पनि कुरा प्राप्त गर्न कहाँ सजिलो हुन्छ र ? हाम्रो बिचमा जात भन्ने कुरा अडेस लगाएर टाङ अडाइरहेको थियो । म बाहुन उनी नेवार हामीले जात नमाने पनि यो समाज हामी जस्तो थिएन मेरो परिवार त म मनाउन सक्थें उसको सानीमाको र बुवाको प्रवाह थिएन उसको दाइलाई मनाउन मेरोलागी लगभग अशम्भव नै थियो ।
०००
हरेक कुरामा दाइको अनुमती चाहिने उनलाई मलाई भेट्न र माया गर्न अनुमती चाहिएको थिएन ।सायद माया लगाएर हैन आफैं हुने भएर होला । दुई बर्ष बितिसकेछ कति छिटो अहो!
एकदिन घरमा बा र आमा गुनगुन गरिरहेको सुनें के बारे रहेछ भनेर यसो चियो गरें । मेरो बिहे गर्दिने भन्ने बारे रहेछ । दोस्रो दिन बिहान बा ले मलाई सोध्नुभयो । अब ठूलो भसकिस् जागिर पनि खान थालिस् अब बिहे गर् म हाँसेर पर गएँ ..केही बोलिनँ हस् भनें त्यतिखेर ।
साँझ खाना खाने बेला बा र आमा सँग मैले आफ्नो सबै कुरा सुनाएँ हँ के भन्छ यो ? नेवार संग बिहे गर्ने रे? के हुन्छ र बा ? मान्छे सँग त गर्न लाग्या होनि कुनै जनावर सँग त हैन नि मैले दृढताका साथ भनें बा केही बोल्नु भएन खाना खाइसकेर थाली उठाउँदै भन्नुभयो । तेरो मर्जी म के भनूँ ? गर बरू टोल छिमेकका क्वै आउँदैनन् होला जन्ती जे गर्छस् , ठिकै छ नि बुवा उनिहरूलाई राम्रो नलागे नआउन् मेरा थुप्रै अरूहरू छन्  नि माया गर्ने सबै आइहाल्छन् क्यार…हेर्दै जानुस् बिहेमा एक हजार जना जन्ती हुनेछन्, मुस्कुराउदै भनें अनि उस्को परिवारले मान्छ त ? त्यही त समस्या छ बा उस्को दाइलाई मनाउनु पर्ने छ । अरूलाई त केही नभने नि हुन्छ । सक्छ्स् भने बना जा हामी तेरो साथ छौँ । बुवाले हिम्मत दिनुभयो । साँच्चै मेरा बुवा कति माया गर्नु हुन्छ मलाई  ।
एकदिन त्यसै हामी घुम्न गोदावरी तिर गएको थियौं । उनको दाइको साथिले हामीलाई देखेछ । ऊ हाम्रो नजिक आयो र सोध्यो । बिमला को हो यो ? काँ हो घर ? यता के गर्न आइस् बिमलाले टाउको निहुराउदै भनिन्, साथी हो कलेजको अनि यता के गर्न आएका नि ? ओ…डेटिङ हो ? उसले हाँस्दै भन्यो । हैन त्यसै घुम्न आएका मैले भनें  के गर्छौ ?  सानोतिनो जागिर छ त्यसबाहेक आर्टहरू बनाउँछु । मैले भनें के नाम हो ? विजय विजय के ? पोखरेल  ए! हो ल ल भन्दै ऊ गयो । ऊनीलाई घर पठाएँ म पनि आफ्नो घर तिर गएँ  । बिहानै पख फोन आयो   । अपरिचित नम्बरबाट  हेलो विजय बोल्या हो ? उम हो मैले भनें
तिमी अत्तरिया चोकमा आऊ त भाइ उसले भन्यो । आश्चर्य मान्दै मैले सोधेँ को बोल्नु भएको तपाईं ?आऊ त सही अनि भन्छु । को रहेछ त किन बोलाएको होला मलाई अत्तरिया अनि मेरो नम्बर कताबाट पायो ? यस्तै यस्तै प्रश्नहरूको बिटो बाँध्दै म अत्तरिया चोकमा गएँ । त्यहाँ  चार पाँच जना केटाहरू सहित बिमला थि ।
कसले बोलाएको मलाई ? मैले सोधें मैले उसको दाइले उत्तर दियो । कारण ? ऊ मेरो नजिक आयो र सिधै मेरो गालामा एक थप्पड हान्यो । मैले शिर निहुराएँ अर्को आँखा तरिरहेको थियोे । आजबाट मेरो बहिनिलाई भेटिस् भने जिउँदो बच्दैनस् बुझिस् उसले चेतावनी दियो । मैले हिम्मतिलो पारामा भनें किन ? किन नभेट्नु मैले ? बिमलाका आँखा राताराता थिए सायद ऊ हिजो राती सुतिन उसको दाइले उसलाई धेरै तनाव दियो । उसले आँसु झारी मलाई नरमाइलो लाग्यो बहुतै ।
उसको दाइले झर्किदैं भन्यो तेरो हाम्रो जात मिल्दैन । तँ बाहुन हामी नेवार , चोकमा धेरै मान्छेहरू जम्मा भएर रमिता हेर्न आएका थिए ।
ए! कुरा यो पो हो ? जात मिल्दैन रे ? तपाईंहरू जनावर हो ? पछाडि पर्किनुस् त हजुरको पुच्छर आएको छ ? सिङ पनि छैनन्  त कसरी छुट्याउनु भयो ? जात मिल्दैन भनेर ? के हो यो जात भनेको ? बनाउने को हो ? हँ ? उसले शिर निहुरायो ।
केही प्रतिक्रिया नआएपछि मैले फेरि भनें – यो जात भन्ने जिनिसले हामीलाई कहिल्यै फाइदा गरेको कुनै रेकर्ड छैन यही जातको कारण द्वापर युगमा महर्षी उत्तंग अमृत पिउन बाट बञ्चित हुनुभएको थियो । अझ एक्काइसौं शताब्दीमा आएर पनि जात रे? मलाई  यति मात्रै थाहा छ हामी मान्छे हौं मान्छेको एउटै जात छ । बाँकी असल खराब उसको स्वभावले छुट्याउछ ।
अमृत पिउनबाट बञ्चित ? उसले आश्चर्य मान्दै सोध्यो । उम अमृत पिएर अमर हुनबाट बञ्चित त्यो पनि जातको कारण । कसरी ? उसले फेरि सोध्यो । मैले वृतान्त बताएँ “जब भगवान श्रीकृष्ण महाभारतको महायुद्ध सकिए पश्चात् आफ्नो नगर द्वारीका फर्किदै थिए त्यतिबेला जंगलको बाटो जानुपर्थ्यो। त्यहीँ जंगलमा एक मरुभूमि जस्तो स्थानमा महर्षि उत्तंग जनकल्याणको लागि तपस्या गर्दै थिए । कृष्णले उहाँको दर्शन गरेर जाने निर्णय गर्नु भयो । उहाँ ध्यानबाट उठ्नुभयो र प्रभुलाई प्रश्न गर्नु भयो  खासै क्षति त भएन नि? भनेर प्रभुले दस जना मात्रै बचेको कुरा सुनाए पछि ऋषिले श्राप दिनै लाग्दा प्रभुले आफ्नो शक्ति र श्राप आफ्नो द्वारा नै लाग्ने कुरा बताए पछि ऋषि शान्त हुनुभयो । प्रभुको शरणमा आइसकेपछि   यस्ता जनकल्याणि ऋषिलाई अमर बनाउने कुरामा प्रभुको मनमा आयो । त्यसपछि स्वर्गबाट अमृत ल्याउन देवराज इन्द्रलाई आज्ञा दिनुभयो म देवराज आएर प्रभुलाई सोध्यो के ऋषिलाई अमर बनाउन उचित होला त प्रभु ? यो सृष्टिको नियमको विरुद्ध त हुँदैन नि ? देवराजको कुरा सुनेर प्रभुले मुस्कुराउँदै भन्नुभयो । यो कुरा उचित छ, छैन  तपाईं स्वयं ऋषिको परिक्षा लिन सक्नुहुन्छ देवेन्द्र । यत्ती भनिसकेपछी देवराज ऋषिको परिक्षा लिन अगाडी बढे । देवराजले कुनै छल माया द्वारा ऋषिलाई पानीको प्यास यति बढाइदियो कि गला नै सुकेर आयो । ऋषि पानीको लागि यताउता भौतारीन थाले । मरूभूमीमा कता पानी पाउनु ? देवराज एउटा चाण्डालको रुप लिएर पानी र अमृत  सहित अलि अगाडि उभिनु भयो । देवराजले पानी पिउनुस् भनेर लाखौं कर गर्दा पनि चाण्डालको हातको पानी खान्न भनेपछि आजित भएर इन्द्र त्यताबाट उहाँकै अगाडि गायब हुनुभयो । ऋषिलाई आफ्नो हर्कत देखि घृणा लाग्यो । वेद पुराण कतै लेखिएको छैन जात भात भनेर हेपिने कुरा ऋषिलाई बहुत पछुतो लाग्यो ।
मैले यो कुरा सुनाएँ उसको दाइ केही बोलेन केही प्रतिक्रिया नआएपछी मैले फेरि थपें तपाईंको जात,तपाईं इमान,तपाईं आफू सँगै राख्नुस् अनि हजुरको त्यो ढुङ्गे मन पनि सँगै राख्नुहोस् अब देखि म हजुरको बहिनीलाई भेट्ने छैन । बिमला डाको छोडेर रुन थाले उसको दाइ हेरिरह्यो । म आफ्नो बाइक समातेर घर आएँ अब उसलाई बिर्सनुपर्छ भन्ने मनमा अठोट गरें सजिलो त थिएन कोसिस गरौंला भन्ने लागेको थियो । बा लाई आजको घटना सबै सुनाएँ बाले धेरै सम्झाउनु भयो । मन न हो कहाँ  मान्थ्यो र ? नसुतेरै रात बित्यो ।
दोस्रो दिन बिहान आठ बजे म अफिस जानको लागि तयार भएको थिएँ । हाम्रो घरमा उसका आमा बुवा र दाइ आए मलाई आश्चर्य लाग्यो । मलाई देख्ने बित्तिकै उसको दाइले अंगालो हाल्यो ।विजय  भन्दै साँच्चै तिमी असल व्यक्ति छौ यार हिजोको हर्कतको लागि माफी चाहन्छु । बिमला तिम्रै हो । बरू भन बिहे कहिले फिक्स ?
०००
समाप्त

Share
  •  
  •  
  •  
  •