गोविन्द्र र रामलाल सार्कीलाई अमेरिकाबाट आर्थिक सहयोग प्रदान

0
117
Share
  •  
  •  
  •  
  •  

 

काठमाडाै साउन ११ः दुगर्म बाजुरा जिल्ला बुढिनन्दा नगरपालिका २ कोल्टिमा बस्ने दलित परिवारका दुई जना दाजुभाइ गोविन्द्र र रामलाललाई आर्थिक अभावको कारणले रोग पाल्दै गरेको खबर पाएपछि बाजुरा जिल्लाका एक कुशल पत्रकार प्रकाश सिंह ज्युको नेतृत्वमा उपचारको लागि आर्थिक अभावको समचार बनाई समाजिक संजाल मार्फत सहयोगको लागि अपिल गरे पछि देश विदेशबाट आर्थिक सहयोग भैरहेको खबर सुने पछि अमेरिका बस्ने बुढिनन्दा नगरपालिका वडा नं १ का समाजिक कार्यमा रुचि राख्ने मनलाल जैसिको नेतृत्वमा अमेरिकाबाट नेपाली रुपैयाँ ६५०००/- आर्थिक सहयोग हस्तान्तरण गरेको माउन्ट मिडियालाई जानकारी दिनु भएको हो ।

सामाजिक अभियान्ता मनलाल जाेशि

परिवारको आर्थिक अवस्था कमजोर भएका कारणले गोविन्द्रले १० बर्ष देखि रोग पाल्दै आइरहेका थिए । गोविन्द्रका दुबै हात खुट्टामा पाकेर पिपले भरिएका थिए भने कान्छा भाइ रामलालको त्यो भन्दा कहालीलाग्दो पिडादायक रोग बल्जिरहेको थियो । मानव अंगको सबै भन्दा महत्त्वपुर्ण अंग गुप्ताङ्ग(लिङ्ग) मा रोगको समस्याका कारण उपचार गर्न महँगो पर्ने देखिएको छ । भने गोबिन्द्रको काठमाडौमा उपचार भईरहेको छ । कोल्टिका जमिनदार साहुको हलो जोतेर आफ्नो पतिवार पाल्ने सार्की परिवारले यदि हलो नजोत्ने हो भने सार्की परिवारकाे चुलोमा आगो बन्दैन ।
कक्षा ६ मा अध्ययनरत गोविन्द्र विद्यालय जान मान्दैनन् कारण विद्यार्थी साथी भाईहरुबाट अमानवीय व्यवहार गर्ने र पाकेको खुट्टामा थुकी दिने शरिरबाट गन्ध आउन्छ भनेर नजिक आउन नदिने गरेको उनले बताएका थिए । साथीभाइ संग हास्ने खेल्ने रमाइलो गर्ने र विद्या आर्जन गर्ने उमेरमा रोगले ग्रस्त अवस्थामा रहेको बेला र विद्यालय कक्षा कोठाका साथिहरुबाट नै घिणृत भएर विद्यालय जाने र यस्तो पिडादयक रोगको सिकार भएर बाँच्नु भन्दा आत्महत्या गरौं कि भन्ने सोच आउने गरेको गोविन्द्रले बताएका छ्न ।
घाउको पीडा परिवारको आर्थिक अभाव र साथिभाईको घृणाले बाँच्न विवश गोबिन्द्र यति बेला आफ्नो उपचारको लागि आर्थिक सहयोग गरि दिन देश विदेशमा बस्ने सम्पुर्ण सहयोगी मनहरुलाई विनम्र अनुरोध गरेका छ्न । परिवारले धेरै ठाउँमा छोराको उपचारका लागि पहल गरे पनि सुनिदिने र सहयोग गरि दिने कुनै निकायले पनि आफ्नो विन्ती नसुनेको गोविन्द्रका बुवा रघु सार्कीले बताएका छन् ।

परोपकारी पत्रकार , साथै सामाजिक अभियान्ता प्रकाश सिंहको यो अभियानमा आर्थिक सहयोग गर्ने , मनकारी अर्थात सहयोगी मनहरुलाई अपिल गर्दै बुढिनन्दा नगरपालिका वडा नं १ घर भइ हाल अमेरिकाको मेरिल्याण्ड राज्य बाल्टिमोरमा बस्दै आउनु भएका युवा समाजसेवी , मनलाल जैसीले उक्त अभियानमा आर्थिक सहयोगका लागि अमेरिकामा बस्ने  बाजुरा जिल्लाका र अन्य ठाउँका आफन्त साथिभाईहरु संग सहयोगको अपिल गर्दै आर्थिक संकलनको अगुवाइ गरि सहयोगी आम नेपाली दाजुभाइ दिदी बहिनीबाट अमेरिकन डलर $603.32 अर्थात् नेपाली रुपैयाँ ६५०००/- चन्दा संकलन गरि यस अभियानका अभियान्ता प्रकाश सिंहको नाममा नेपाल पैसा पठाएर माननिय सांसद लाल बहादुर थापा बाट पिडित परिवारलाई रकम हस्तान्तरण गरिएकाे छ ।

चंदा दिने सहयोगी दाताहरु:
१.सम्जना राउत  $55.00
२. पदम ब. साही $51.00
३.नितेश कुँवर $51.00
४.जनक थापा $50.00
५.यग्ज्ञ बहादुर राना $50.00
६.लोकेश विश्वकर्मा $50.00
७.भुपेश जङ्ग शाही $31.00
८.सोणिमा जङ्ग शाही $31.00
९.तिलक न्यौपाने $30.00
१०.दोमन्ती पन्त जोशी $31.00
११. टीका पण्डित $25.00
१२.विकाश सिहं ठकुरी $20.00
१३.धलेन्द्र लिम्बू $20.00
१४ मनलाल जोशी $107.32

जम्मा अमेरिकन डलर 611.32


Share
  •  
  •  
  •  
  •