नेपाली जनसंपर्क समिति र प्रवासी नेपाली एकता मंच बिच सहमति..

0
175
Share
  •  
  •  
  •  
  •  

नेदरल्यान्डस् l  गैर आवासिय नेपाली संघ नेदरल्यान्डसले संस्था बिस्तारको कालखण्ड पार गरि संस्थागत परीपक्कता र स्थिरता कायम गर्ने चुनौतीलाई सामना गर्न समस्त गैर आवासिय नेपालीहरु र नेपाली संघसंस्थाहरु एक भै संस्थाको भावी नेत्रित्व चयन हुनुपर्ने आवश्यकतालाई महसुस गरि छिमेकी राष्ट्र बेलायत, बेल्जियम लगायत विश्वका अधिकांश राष्ट्रहरुमा सर्बसम्मतीबाट कार्यसमितीहरु चयन भैरहेको अवस्थामा नेदर्ल्याण्डमा पनि नेपाली जनसंपर्क समिती र प्रवासी नेपाली एकता मंचले सहअस्थित्व र नेदर्ल्याण्ड स्थित बिभिन्न वर्ग, दल, क्षेत्र र संघसस्थाको सम्मानजनक प्रतिनिधित्व हुने गरि आगामी कार्यसमितिको समावेसी तवरले चयन गर्ने सहमति गरेका छन ।

गैर आवासिय नेपाली संघ नेदर्ल्याण्डमा बसोबास गर्ने समस्त नेपालीहरुको हक र हितको लागि खोलिएको बिशुद्ध सामाजिक संस्था साथै नेदर्ल्याण्ड अवस्थित संघसंस्थाहरुको साझा संस्था भएकाले यस उधेश्यलाई मध्यनजर राख्दै नेपाली जनसंपर्क समिति र प्रवासी नेपाली एकता मंचले नेदर्ल्याण्दमा रहेका बिभिन्न वर्ग, दल, क्षेत्र र समाजहरुको प्रतिनिधित्व हुने गरि आगामी कार्यसमिति नेदर्ल्याण्ड स्थित नेपाली समाज कै प्रतिविम्ब हुने गरि चयन गर्न प्रतिबद्धता जाहेर गरेका छन ।
दुई संस्था बिचको सम्बन्धलाई मजबुत बनाउन दिर्घकालिन सहकार्यको महत्वलाई मनन गर्दै सहअस्थित्व र सम्मानजनक प्रतिनिधित्वको मुल आधारलाई कदर गर्दै बनेको सहमती अनुसार अध्यक्षमा श्रीराम कंडेल र आइ सि सि सदस्यमा ठाकुर प्रसाद शर्मा (मनोहरी) रहेको र बाँकी पदहरुमा समावेसी ढंगले प्रतिनिधित्व गराउने साहमति भएको छ । नेदर्ल्याण्डमा बसोबास गर्ने समस्त नेपालीहरुको चाहनालाई सम्बोधन गर्दै यस पटकको कार्यकालको कार्यसमिती सर्बसम्मत बाटै चयन गराउन दुबै संस्था अन्तिम घडी सम्म पनि लागि परी कार्यसमितिलाई राजनीतिक पुर्वाग्रह रहित गर्दै एक सभ्य र सम्मानजनक समाज निर्माण गर्ने प्रतिबधता पनि दुई संस्था बिच भएको जानकारीमा आएको छ । नेदर्ल्याण्डको नेपाली समाजलाई एक्यबद्धता गराउदै समाजको हित र नेपालको सम्रिद्धीको लागि सबै संघसंस्थाहरुसँग सहकार्य गर्ने लक्ष पनि रहेको बुझिएको छ । समाजका सबै तह र तप्कालाई समेटेर कार्यसमिती चयन गर्ने पवित्र बिचारलाई नेदर्ल्याण्डमा बस्ने बुवाआमा, दाजुभाइ तथा दिदी बहिनीहरुको हृदय देखिकै सहर्ष समर्थन हुने छ भन्ने विश्वाश एन आर एन नेदर्ल्याण्डका अग्रजहरुमा रहेको छ ।


Share
  •  
  •  
  •  
  •