सप्तकोशी नदीमा पानीको सतहले सतर्कता तह पार गर्‍यो, आसपासमा सतर्क रहन आह्वान

unn.prixa.net

काठमाण्डाै ३१ भदौ |सुनसरी र सप्तरीमा सप्तकोशी नदीको तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

चतरामा सप्तकोशी नदीको जलसतहले सतर्कता तह पार गरेको र खतरा तह आसपास पुग्न सक्ने संभावना रहेकाले सुनसरी र सप्तरीमा सप्तकोशीको तटीय क्षेत्रमा मंगलबार बेलुकासम्म नै उच्च सतर्कता अपनाउनुपर्ने महाशाखाले जनाएको छ ।

Nepal Flood Alert! नेपाल बाढी सूचना!@DHM_FloodEWS

भाद्र ३१, बिहान ९ बजे
कोशी नदी चतरामा जलसतहले सतर्कता तह पार गरेको र खतरा तह आसपास पुग्न सक्ने संभावना रहेकाले सुनसरी र सप्तरी जिल्लाका नदीतटीय क्षेत्रमा बेलुकी सम्मै उच्च सतर्कता अपनाउनुहोला।
बाढी पूर्वानुमान शाखा, DHM

View image on TwitterView image on TwitterView image on TwitterView image on Twitter
See Nepal Flood Alert! नेपाल बाढी सूचना!’s other Tweets