एनआरएनए आइसीसी युवा संयोजकमा लोकप्रिय युवा समाजसेवी हिमाल गुरुङ्ग

माउन्ट मेडिया न्यूज ब्यूरो नेदरल्यान्डस्। गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय समिति(आइसीसी) को आगामि कार्यकाल २०१९-२०२१ का लागि नयाँ कार्यसमिति चयन गर्न विश्वभरीबाट उम्मेदवारी दिने क्रम जारी छ। यहि अक्टोबर १५ देखि १७ सम्म काठमाडौँमा हुन गइरहेको महाधिवेशनले नयाँ कार्यसमितिको पनि छनौट गर्नेछ।

विश्वभरबाट कार्यसमितिका विभिन्न पदाधिकारीहरुका लागि उम्मेदवारी दिने क्रममा आगामि कार्यकाल २०१९-२०२१ का लागि एनआरएनए अन्तर्राष्ट्रिय समन्वय समितिको नयाँ कार्यसमितिमा युवा संयोजकको रूपमा नेदरल्यान्डस् निवासी युवा समाजसेवी हिमाल गुरुङले उम्मेदवारी घोषणा गरेका छन् ।

एनआरएन नेदरल्याण्ड्सको अध्यक्षको नेतृत्व गरिसकेका गुरुङ्ग हाल एनआरएन आइसीसी सदस्य रहेका छन् ।

कास्कीको पोखरामा जन्मिएर विगत २० वर्ष देखि नेदरल्यण्ड्सको आम्टरडाम शहरमा बस्दै आएका गुरुङ्गको सामाजिक जीवनको सुरुवात पनि नेदरल्याण्ड्सबाटै भएका हो । नेदरल्यण्डसमा हाल उनको हिमालय सुपरमार्केट नामक सफल व्यवसाय छ। नेदरल्यण्डसमा बसोबास गर्ने सरदर सबै नेपालीहरूलाई नेपाली खानेकुराहरूको आयात गरेर सेवा प्रदान गर्ने एकमात्र व्यवसायी हुन् हिमाल गुरुङ्ग ।

स्थानीय स्तरमा सबैका लोकप्रिय गुरुङ्ग एनआरएन नेदरल्यान्ड्सको आफ्नो निवर्तमान कार्यकालमा सबैभन्दा कान्छा अध्यक्षको रूपमा हुँदा गरेका ठूला ठूला कामहरूका कारण विश्वभर नै बहुचर्चित छन् ।

विश्वव्यापी एनआरएन संजालमा पनि सामाजिक सम्बन्ध अत्यन्तै मजबुत बनाएका गुरुङ्गको युवा संयोजकका लागि अत्यन्तै योग्य र सक्षम उम्मेद्वारको रुपमा चर्चा हुन थालेको छ। साथै यस पटकको निर्वाचनमा कुनै पनि प्रकारको राजनीति गुटबन्दी, षडयन्त्र र चलखेल नहोस् र एक क्षमतावान, योग्य र सक्षम युवाहरूका धरोहर व्यक्ति हिमाल गुरुङ्गको जीत होस् भन्ने सबै एनआरएनहरूको अपेक्षा रहेको हुनाले उनको जीत सुनिश्चित रहेको निर्वाचन पर्यवेक्षकहरू बताउँछन्।

आइसिसि युवा संयोजकका प्रत्यासी गुरुङले विषेश गरेर दोश्रो पुस्ताका एनआरएनहरूलाई एनआरएन अभियानको मूलप्रवाहमा समाहित गराउने मुख्य एजेण्डा अघि सारेका छन् ।

सञ्चार तथा प्रविधिमा सबल दोश्रो पुस्ताका एनआरएनहरुले आर्जेको ज्ञान, सीप र क्षमतालाई नेपालीका लागि सदुपयोग तथा परिचालन गरी संवृद्ध नेपालको यात्रामा सहयोग पुर्याउने समेत आफ्नो लक्ष्य रहेको उनी बताउँछन्।

एनआरएनका अग्रजहरु तथा विभिन्न देशका एनआरएनहरूले गुरुङ्गलाई युवा संयोजक हुँदा यथासक्य सहयोग गर्ने आश्वासन तथा सल्लाह दिएका कारण पनि उनी यो कार्यकालको युवा संयोजक हुन उत्साहित भएका छन् । उनी भन्छन्, ‘मलाई सबैको साथ छ, म सफल हुनेमा ढुक्क छु ।’

विभिन्न सामाजिक सेवामा हिमाल गुरुङ्ग: (फेटो ग्यालरी)