एयरपोर्टमा विदेश जान लागेको बुवालाई नजानु भन्दै यसरि तानेपछी (भिडियो सहित)

काठमाडौं : सरकारमा बस्ने मन्त्रीहरू र राजनीतिक दलका नेताहरू देशले विकासको फड्को मारिसक्यो भन्न छाडेका छैनन् ।उनीहरू देशमै रोजगारी सिर्जना भएको भन्दै अब नेपाली युवाहरूले विदे शिनु नपर्ने बताइरहेका छन् । तर, अझै पनि दैनिक हजारदेखि १५ सय नेपाली युवायुवती खाडीलगायत अन्य मुलुकमा रोजगारीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने गरेका छन् ।

बुधबार बिहानदेखि एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । जुन भिडियो मा वैदेशिक रोजगारका लागि जान लागेका श्रीमान लाई बिदाइ गर्न आएकि एक श्रीमती र छोराको हो । जसमा छोराले बुवालाई नजानु भन्दै तानेको भिडियोमा देख्न सकिन्छ । उनी आफ्नो बुवालाई नजानु भन्दै तान्दा तान्दै आमाले काखमा लिन्छे अनि भक्कानिएर रुन थाल्छिन । जुन भिडियो आम नेपालीको वास्तविक चित्र हो ।

दुई छाक मिठो खान र एक जोर राम्रो कपडा लगाउने आशमा आफ्ना श्रीमान, छोराछोरीलाई एयरपोर्टबाट यसैगरी बिदाइ गर्न बाध्य छन् । आफ्ना सन्तान आफ्नै अगलबगल बसेर साथ सहयोग गरुन्, स्नेह दिउन, भन्ने इच्छा कसलाई नहोला र? यो भिडीयो सामाजिक सञ्चालमा निकै चर्चित बनिरहेको छ ।

भिडीयो

यो भिडियो सरकारको सम्बन्धित निकाय सम्म पुगोस् , ताकी कसैले पनि आफ्नो बालबच्चालाई रुँदै बिदाईका हातहरु हल्लाउन नपरोस् । 😭#भिडियो_सेयर_गर्नुहोस् Heart touching moment 😢❤️

Posted by Mount Media on Wednesday, 16 October 2019

एक उत्तर छोड्नुहोस्

Please enter your comment!
Please enter your name here