ब्रेक्जिट सम्झौता बेलायती अर्थतन्त्रको लागि सकारात्मक

कात्तिक २, लन्डन । यूरोपेली संघ (ईयु)बाट बेलायतको बहिर्गमन (ब्रेक्जिट)बारे हालै भएको सम्झौता घरेलु अर्थतन्त्रका लागि सकारात्मक भएको बताइएको छ ।

बेलायती केन्द्रीय बैंक ‘बैंक अफ इङ्गल्याण्ड’ (बीओई)का गभर्नर मार्के कार्नेले यस्तो बताएका हुन् । सो सम्झौता स्वागतयोग्य भएको र यसले अव्यवस्थित तरिकाले समूह छोड्नु पर्ने जोखिम भगाएको उनको भनाई छ । यद्यपि नयाँ सम्झौताले अर्थतन्त्रलाई प्रधानमन्त्री बोरिस जोन्सनको पूववर्ति थेरिजा मेले पेश गरेको सम्झौताले दिन सक्ने जस्तो टेवा नदिने चेतावनी कार्नेले दिएका छन् । जोन्सनले गरेको सम्झौताबारे शनिवार संसदमा मतदान हुँदैछ । एजेन्सी

एक उत्तर छोड्नुहोस्

Please enter your comment!
Please enter your name here