काठमाडौं : सिस्नो पानी नेपालले विगतमा जस्तै यो वर्ष पनि व्याङ्ग्यात्मक देउसी खेलेको छ। देउसीमा यस पटकको आकर्षण चिनियाँ राष्ट्रपति सी चिनफिङ बनेका छन्। हास्यकलाकार मनोज गजुरेलले चिनियाँ राष्ट्रपति सीको भूमिका निर्वाह गरेका छन्।
सँगै देउसीमा राजनीति, समाज र तिनका प्रवृतिमाथि चर्को व्यंग्य गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली स्वयम्ले उद्घाटन गरेको देउसी कार्यक्रममा नक्कली ओली बनेका छन् सीताराम कट्टेल ‘धुर्मुस’। उद्घाटन कार्यक्रममा नेकपा अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पष्कमल दाहाल ‘प्रचण्ड’देखि सबै दलका शीर्ष नेतासँगै विशिष्ट व्यक्तित्वको सहभागीता थियो ।