पाकिस्तानमा प्रधानमन्त्रीको राजीनामा माग्दै विशाल प्रदर्शन

इस्लामाबाद : पाकिस्तानमा जारी सरकार विरोधी प्रदर्शनमा आन्दोलनकारीले प्रधानमन्त्री इमरान खानको राजीनामा माग गरेका छन् । ‘कथित चुनाव’ र आर्थिक संकटको विरोध गर्दै प्रदर्शनकारीले उनको राजीनामा माग गरेका हुन् । हजारौँ मानिस सरकार विरोधी प्रदर्शनमा सहभागी भएका छन् ।आन्दोलनको नेतृत्व दक्षिणपन्थी धार्मिक नेता तथा विपक्षी दल इस्लाम फज्लका नेता फज्ल उर रेहमानले गरेका छन् ।

हालै कराँचीबाट पाँचदिने मार्च गरेका छन् । पाँचौँ दिनमा उनीहरु इस्लामाबाद पुगेका थिए । वर्तमान सरकारले देशको आर्थिक अवस्था ध्वस्त पारेको विपक्षीको आरोप छ ।

एक उत्तर छोड्नुहोस्

Please enter your comment!
Please enter your name here