दशरथ रंगशालामा साढे चार वर्षपछि नेपाली फुटबल टिम अभ्यास सुरु

काठमाण्डौ – नेपाली फुटबल टिमले साढे ४ वर्षपछि त्रिपुरेश्वरको दशरथ रंगशालामा प्रशिक्षण अभ्यास सुरु गरेको छ ।

विक्रम संवत २०७२ सालको भूकम्पपछि क्षतिग्रस्त बनेको रंगशाला अहिले पनि पुर्ननिर्माणको चरणमा रहेको छ । निर्माण कार्य अन्तिम चरणमा पुगेका बेला नेपाली पुरुष फुटबल टिम चार वर्षपछि पहिलो पटक मैदान प्रवेश गरेको हो ।

रंगशालामा मंसिर १५ गतेदेखि सुरु हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन र समापन समारोह हुनेछ । साथै एथलेटिक्सको पनि त्यही आयोजना हुने छ । रंगशालाको मैदानको काम सकिए पनि भीआईपीतर्फको प्यारापिटको छानो हाल्ने काम भने अहिले पनि जारी छ ।

मंसिर ११ गतेभित्र रंगशालाको सबै काम सम्पन्न हुने राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ ।

एक उत्तर छोड्नुहोस्

Please enter your comment!
Please enter your name here