अबैध रुपमा भारततर्फ लैजाँदै गरेको करिब १४ लाख बराबरको सुपारी बरामद

मेचिनगर।झापाको मेचीनगर नगरपालिका वडा नम्बर -६ तुर्केनीबाट भारततर्फ निकासी गर्न लागिएको अवस्थामा ठुलो परिमाणको सुपारी बरामद भएको छ ।

आज साेमबार बिहान राति करिब १ बजेको समयमा  नेपालबाट भारततर्फ सुपारी लैजाँदै गरेको भन्ने बिशेष सूचनाका आधारमा  जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले बरामद गरेको हो ।

अबैध रुपमा नेपालबाट भारततर्फ साइकलमा लोड गरी लैजान तयारी गरिएको करिब ४ हजार ६२० केजी सुपारी  बरामद गरिएको  सुपारीको बजार मूल्य अन्दाजी १३ लाख ८६ हजार रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ। बरामद भएको सुपारी आवश्यक कारवाहीको लागी मेची भन्सार कार्यालय बुझाइएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ।

एक उत्तर छोड्नुहोस्

Please enter your comment!
Please enter your name here