जिउँदो बाघ अर्थात अमरसिंह थापा

अमरसिंह थापा- नेेेेपाल अङ्ग्रेज युद्धका  समयमा नेपालको पश्चिम किल्लाका सर्वोच्च कमाण्डर हुन् । उनि नेपालको राष्ट्रिय विभूूूूति  मानिन्छन् ।

उनको जन्म वि. सं. १८०८ मा जनै पूर्णिमाको दिन बाघ  भिमसिंह थापा  र उमादेवीका पुत्रको रुपमा भएको हो । बाघ भीम सिंहले पलाञ्चोकको युद्धमा वीरगति पाएपछि मारवाट अनुसार उनले पिताको स्थान लिए । उनी रणजय (रन्जै) थापाका नाति हुन् भनी बालकृष्ण समको कृति अमरसिंहमा समेत लेखिएको छ ।

थापा वंशावलीका अनुसार बडाकाजी अमरसिंह थापा  ज्यामरुककोटका राजा बगाले कुलका जसोधर (धर्मराज) थापाका २३औं पुस्ता देखिन्छन् ।

उनि जिउँदो बाघ,बडाकाजि,अम्वरसिंह लगायत उपनामले परिचित छन् ।उनी निर्भय, पराक्रमी, युद्धचातुर्य, इमान्दार र विश्वासी भएकोले राजा  रणबहादुर शाहको पालामा अङ्ग्रेजहरूसँगको युद्धमा सुदूर पश्चिमाञ्चलको रक्षाको जिम्मा पाएका थिए । उनी र उनका सैनिकहरू लङ्गुरगढी छोडी १००० कि.मि. ३० दिनमा पार गर्दै मातृभूमिको रक्षार्थ दोस्रो नेपाल तिब्बत युद्धमा नुवाकोट आइपुगेका थिए ।त्यस ताका अमरसिंह थापालाई अङ्ग्रेज तर्फका जनरल अक्टरलोनीले ठुलो प्रलोभन देखाउदा पनि अनि त्यस्तो लोभ लालचमा नफसी राष्ट्रिय हितलाई सर्वोपरि ठानी वीरता पूर्वक अङ्ग्रेजसँग लडेकाले हामी उनीलाई राष्ट्रिय विभूतिको रूपमा सम्मान गर्दछौं ।

उनको इच्छा विपरीत सुगौली सन्धि(नेपाल र तत्कालिन इस्ट इन्डिया कम्पनी बीचमा भएको सम्झौता हो जसबाट नेपाल अंग्रेज युद्धको विधिवत समाप्ति भएको थियो। यो सन्धिमा नेपालले आफ्नो अधीनस्थ भूमिको २ तिहाई भू-भाग गुमाउनु परेको थियो। )भएपछि उनी निर्वासमा गाेसाईँकुण्ड गए । त्यहीँ यिनको बि.सं. 1816 मा निधन भयो ।

एक उत्तर छोड्नुहोस्

Please enter your comment!
Please enter your name here