ओमनका सुल्तान (राजा) काबूस बिन सइदको निधन

काठमाडौं। ओमनका सुल्तान (राजा) काबूस बिन सइदको निधन भएको छ । ओमनको शाही अदालतका दीवानले एक वक्तव्य जारी गर्दै सुल्तान काबूसको निधन भएको औपचारिक जानकारी गराएका हुन् ।

आज जारी वक्तव्यमा जनाइएअनुसार सुल्तान काबूसको हिजो १० जनवरीमा निधन भएको हो । सुल्तान काबूस ७९ वर्षका थिए । ४ दशकभन्दा बढी ओमनमा शासन गरेका सुल्तानको निधनपछि अबको सुल्तान को हुने भन्ने निश्चित भइसकेको छैन ।

एक उत्तर छोड्नुहोस्

Please enter your comment!
Please enter your name here