प्रथम टि-टेन क्रिकेट लिगमा आज तिन खेल हुँदै

झापा ।झापाको काकडभिट्टास्थित तुर्केनि खेलमैदानमा जारी प्रथम टि-टेन क्रिकेट लिग अन्तर्गत आज तेस्रो दिन तिनवटा खेल हुँदैछन्।

पहिलो खेलमा बिहान ९ बजे आदर्श क्रिकेट क्लब झापा र वाेस्टन क्रिकेट एकेडेमी प्रतिस्पर्धा गर्दैछन् भने ९:४५ बजे लालिगुरास क्रिकेट एकेडेमी झापा र धुलाबारी क्रिकेट क्लबबिच प्रतिस्पर्धा हुँदैछ ।त्यस्तै तेस्रो  खेल होराइजन क्रिकेट एकेडेमी बिराटनगर र बाहुनडाँगि क्रिकेट एकेडेमी झापाबिच प्रतिस्पर्धा हुँदैछ ।

हिजाे सम्पन्न प्रतियोगिताकाे पहिलो खेलमा आदर्श क्रिकेट एकेडेमीलाई पराजित गर्दै इस्टन बुलेट क्रिकेट क्लब सुनसरीले लगातार दाेस्राे जित निकाल्न सफल भएको छ भने दाेस्राे खेलमा युनाइटेड क्रिकेट एकेडेमीलाई हराउँदै धुलाबारी क्रिकेट क्लब बिजय भएको थियोे ।

एक उत्तर छोड्नुहोस्

Please enter your comment!
Please enter your name here