चेतनशील युवा समिती द्धारा बृहत् सांस्कृतिक कार्यक्रम हुने

विकाश तिमल्सिना

रामेछाप,१३ माघ: रामेछाप जिल्ला सुनापती गाँउपालिकाको चेतनशील युवा समिती द्धारा भिजिट नेपाल 2020 को अवसरमा गाँउपालिको आर्थिक विकाश,गाँउपालिकाको प्रचार प्रसारको निम्ति आयोजक चेतनशिल युवा समिती र सह-आयोजक रामेछाप सांस्कृतिक कलाकार समाज द्धारा वृहत् सांस्कृतिक कार्यक्रम यहि माघ २५ गतेबाट हुने आयोजक समितीले जनाएको छ । उक्त सांस्कृतिक कार्यक्रममा चर्चित राष्ट्रिय र स्थानीय कलाकारहरु सहभागी हुने छन। हाँस्यकलाकार दमन रुपाखेती, भिमशिन अधिकारी, भिमशिन गौतम ,गायक प्रकाश कटुवाल,विवस बस्नेत , सविन चौहन, बुर्दी परिवार र नेपाल लोक स्टारका रामकुमार नेपाली, गायिका सिरु अधिकारी,सावित्रा घर्ती र जेनिसा मोक्तान । डान्सर सपना तामाङ,करिस्मा मगरको साथमा अन्य दर्जनौं कलाकारहरुको सहभागी हुने आयोजक समितीले जनाएको छ , कार्यक्रमको प्रमुख अतिथी सुनापती गाउँपालिका का अध्यक्ष धावा लामाबाट कार्यक्रमको उद्घाटन हुने छ , कार्यक्रम संयोजक गोविन्द्र प्रसाद गौतम , कार्यक्रम संचालक युनिक विफा घिसिङबाट कार्यक्रम संचालन हुने आयोजक समितीले जनाएको छ ।

एक उत्तर छोड्नुहोस्

Please enter your comment!
Please enter your name here