राष्ट्रपति भण्डारीले गरिन् ३२९ कैदिबन्दिलाई बाँकी कैद मिनाहा

काठमाडौं ।राष्ट्रपति विद्यादेवि  भण्डारीले ३२९ जना कैदीहरुको बाँकी कैद मिनाहा गरेकी छिन् ।

प्रजातन्त्र दिवसको अवसर पारेर मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले भाेलि बुधबारदेखि लागू हुने गरी ३२९ जनालाई कैद माफी गरेको राष्ट्रपति कार्यालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ।

बुधबार ७० औं प्रजातन्त्र दिवस मनाइँदैछ भने सो दिवसको अवसरमा सरकारले वर्षेनी असल चालचलन भएका कैदीहरुको कैद मिनाहा गरेर रिहा गर्ने गरेको छ ।साेहि क्रम अनुरुप यसपटक पनि ३२९ जनालाई बाँकी कैद मिनाहा गरिएको राष्ट्रपतिको कार्यलयले जानकारी दिएको छ।

एक उत्तर छोड्नुहोस्

Please enter your comment!
Please enter your name here